Ticker

6/recent/ticker-posts

Header Ads Widget

पत्रकार महासंघ र महावाणिज्यदूतावास बीच मैत्रीपूर्ण क्रिकेटको आयोजना,भारती महाबाणिज्यदुतवास ६ बिकेटले बिजयी

 


वीरगन्जमा पत्रकार र भारतीय महावाणिज्य दुतावास बिच मैत्रीपुर्ण क्रिकेट मैच सम्पन्न भएको छ ।शनिबार वीरगन्जको ज्ञानदा एकेडेमीको क्रिकेट ग्रउन्डमा सम्पन्न  भएको नेपाल पत्रकार महासंघ पर्सा र भारतीय महावाणिज्यदूतावास बीचको मैत्रीपूर्ण क्रिकेट  खेलमा भारतीय महावाणिज्य दूतावास ६ विकेटले विजयी भएको छ ।

१५ ओभरको खेलमा टस जितेर पहिला व्याटिङ नेपाल पत्रकार महासंघ पर्साको टिमले गरेको थियो ।पहिलो  व्याटिङको महासंघको टिम ८ ओभरमा २४ रन बनाएर अलआउट भएको थियो  । २५ रनको लक्ष्य लिएर प्रतिउतरमा ओर्लेको भारतीय महावाणिज्य दुतावासको टिम ४बिकेटको क्षतिमा मैच जितेको थियो  ।

मैत्रीपुर्ण भएको यो खेलको म्यान अफ द म्याच नेपाल पत्रकार महासंघका खेलाडी सद्दाम हुसैन भएका थिए  । 

खेलको अन्तिममा खेलाडिहरुलाई प्रमाण पत्र तथा शिल्ड बितरण गर्दै भारतीय महावाणिज्य दुत देबी सहाय मिनाले खेलको माध्यमबाट पत्रकार र भारतीय महावाणिज्य दूतावासबीचको सम्बन्ध अक्ष  सुमधुर हुने बताउनु भयो । यस्तै नेपाल पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश खनालले खेल जित्नु र हार्नुभन्दा पनि मैत्रीपुर्ण सम्बन्धलाई  निरन्तरता दिन यस्ता मैचहरुलाई आउने समयमा महासंघले  निरन्तरता दिराख्ने बताउनु भयो ।


Post a Comment

0 Comments