Ticker

6/recent/ticker-posts

Header Ads Widget

Nepal:-प्रहरीकाे गाेली लागेर एक युवककाे मृत्यु:news

 अनिल तिवारी, नेपाल:सर्लाहीको बरहथवा नगरपालिकामा बनाउन लागेको ५० शय्या अस्पतालको विषयमा विवाद हुँदा शुक्रवार प्रहरीले गोली नै चलाएको थियो ।  गोली लागेर प्रदर्शनकारी बरहथवा नगरपालिका–६ का जयशंकर साह गम्भीर घाइते भएका थिए । उनको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको टाउकोमा गोली लागेको थियो । झडपमा परेर अन्य सात जना घाइते समेत भएको बुझिएको छ ।अस्पतालको विषयलाई लिएर स्थानीयहरूले नगरप्रमुख कल्पना कटुवालको घरमै आगजनी गर्न लागेपछि प्रहरीले गोली चलाएको जनाएको छ । प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतका अनुसार मेयरको घरअगाडि राखिएको एउटा गाडीमा आगजनी भएको छ ।

मधेस प्रदेश प्रहरीका प्रवक्ता एसपी श्यामकुमार महतोका अनुसार अझै सर्लाहीको अवस्था तनावग्रस्त छ । प्रहरीले दर्जनौँ राउन्ड गोली र अश्रुग्याँस पनि प्रहार गरेको छ ।

Post a Comment

0 Comments