Ticker

6/recent/ticker-posts

Header Ads Widget

#nepal देशको संकटबाट निकासका अन्तरिम सरकारको गठन अपरिहार्य: प्रभु साह

 

 आईएनटी टीम नेपाल रौतहट ।  आम जनता पार्टी (आजपा) निकट आईटी आर्मीको तेस्रो ऐतिहासिक राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रम रौतहट जिल्लाको मौलापुर स्थित शहिद स्मृति सभाहलमा एक सभ्य एवं भव्य समारोहका बिच सुरु भएको छ ।  कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री प्रभु साहले अहिलेको संवैधानिक व्यवस्था असफल भएकाले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्थामा जानुको बिकल्प नभएको बताउँदै उहाँले अब देशलाई ठोस निकास दिन वर्तमान सरकार असफल रहेकोले यसलाई तत्काल विघटन गरी अन्तरिम सरकार गठन गर्नुपर्ने माग माग गर्नुभएको छ । 
 अन्तरिम सरकार गठनमा यदि कुनै तत्व बाधक बन्छ भने
 तपाई हामी देश र जनताको पक्षमा आईटी आर्मीको अर्ध शैन्य शक्तिको बलमा समानान्तर सरकार निर्माण गरेर अगाडि बढ्नुपर्ने दिन आईसकेकोले यसतर्फ सबै देशभक्त युवाहरुलाई गम्भीर हुन आजपा अध्यक्ष साहले अपिल समेत गर्नुभएको छ ।  आम जनता पार्टीको स्थापना दिवसको शुभ अवसरमा हजारौं युवाहरूको सहभागिता तथा आईटी आर्मीका संस्थापक अध्यक्ष चन्द्र भुषण साहको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमले भ्रष्टाचारको विरूद्ध शशक्त संघर्ष गर्ने प्रतिबद्धता सहित राजनीतिक दस्तावेज समेत पारित गर्दै नयाँ नेतृत्वको चयन गर्ने भएका छन्   झण्डै  ५ दिनसम्म चलने यस ऐतिहासिक भेला तथा प्रशिक्षण कार्यक्रमको पूर्ण सफलताकोलागी आजपा उपाध्यक्ष एवं सभासद तिलक थापा, महासचिव उपेन्द्र साह, उपमहासचिव अरुण घिसिङ्, सचिवद्वय पूर्वसांसद समिना हुसैन र ज्ञानेन्द्र तामाङ्, स्थायी कमिटी सदस्य धर्मेन्द्र सापकोटा, प्रदेश ईन्चार्ज सुधीर यादव लगायतका नेताहरूले हार्दिक शुभकामना सहितको मन्तव्य व्यक्त गरेका थिए ।

Post a Comment

0 Comments